रविलाई विमानमार्फत काठमाडौं हुँदै पर्सा लगिँदै

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई पर्सा लैजाने प्रयोजनका लागि प्रहरीले विमानस्थल लगेको हो । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं ल्याएर काठमाडौंबाट फेरि सिमरा हुँदै पर्सा लैजाने तयारी छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्…

रविलाई विमानमार्फत काठमाडौं हुँदै पर्सा लगिँदै

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ। उनलाई पर्सा लैजाने प्रयोजनका लागि प्रहरीले विमानस्थल लगेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं ल्याएर काठमाडौंबाट फेरि सिमरा हुँदै पर्सा लैजाने तयारी छ । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान लागेको हो ।

लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।