काठमाडौं । दुईदिन लगातार घटेको सुनको मूल्य आज केही बढेको छ। चाँदीको मूल्य भने आज घटबढ् भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा चारसय रुपैयाँ घटेर आज एक लाख ५० हजार एकसय रुपैयाँ पुगेको छ। आइतबार तोलामा चारसय रुपैयाँ घटेर सुनको मूल्य एक लाख ४९ हजार सातसय रुपैयाँमा झरेको थियो।
त्यसअघि गएको शुक्रबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको थियो। अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमै यथावत छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

