श्रीमान-श्रीमतीको झगडा : २ सन्तानलाई पासो लगाएर आमाले गरिन् देहत्याग

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका– १ भाल्चे गाउँमा आइतबार हृदयविदारक घटना भएको छ । श्रीमान्‌सँगको झगडाका कारण श्रीमतीले दुई सन्तानलाई पासो लगाएर आफू समेतले आत्महत्या गरेकी छिन् । घरभित्र चुकुल लगाएको अवस्थामा प्रहरीले तीनै जनालाई झुन्डिएको अवस्थामा फेला पारेको छ । २३ वर्षीया…

श्रीमान-श्रीमतीको झगडा : २ सन्तानलाई पासो लगाएर आमाले गरिन् देहत्याग

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका– १ भाल्चे गाउँमा आइतबार हृदयविदारक घटना भएको छ । श्रीमान्‌सँगको झगडाका कारण श्रीमतीले दुई सन्तानलाई पासो लगाएर आफू समेतले आत्महत्या गरेकी छिन् ।

घरभित्र चुकुल लगाएको अवस्थामा प्रहरीले तीनै जनालाई झुन्डिएको अवस्थामा फेला पारेको छ ।

२३ वर्षीया चन्दीमाया तामाङले शुरूमा नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमनलाई पासो लगाएर आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार तीनै जनाको शव आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेको हो ।​

चन्दीमायाका श्रीमान् रेस घले बारीमा केराउ टिप्न गएका बेला उक्त घटना भएको हो । ‘बिहान चन्दीमाया र रेसबीच भनाभन भएको रहेछ, त्यसैबेला रेसले चन्दीलाई दुई तीन झापड हानेर केराउ टिप्न गएछन्,’ डीएसपी भारतीले भने ।

प्रहरीका अनुसार स्थानीय जम्मा भएर प्रहरीलाई खबर गर्दा भित्र तीनै जना झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ ।

डीएसपी भारतीले घटनालाई विभिन्न मोडबाट अनुसन्धान थालिएको बताए ।