कर्णाली याक्सद्वारा विराटनगर किंग्स ७ रनले पराजित

काठमाडौं । कर्णाली याक्सले एनपिएलमा रोमाञ्चक जित दर्ता गरेको छ । आज कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा कर्णालीले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२६ रनमै समेटिएको…

कर्णाली याक्सद्वारा विराटनगर किंग्स ७ रनले पराजित

काठमाडौं । कर्णाली याक्सले एनपिएलमा रोमाञ्चक जित दर्ता गरेको छ । आज कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा कर्णालीले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२६ रनमै समेटिएको हो ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।