एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हासिल गरेको छ। एनपीएलमा सुदुरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबारको पहिलो खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगाता…

एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हासिल गरेको छ।

एनपीएलमा सुदुरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबारको पहिलो खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो।

एनपीएलमा सबै टोलीले तेस्रो खेल खेलिसक्दा जनकपुर र सुदुरपश्चिममात्र अपराजित छन्। बाँकी पाँच टोलीले एक जित हात पार्दा लुम्बिनी भने तेस्रो खेलसम्म आइपुग्दा जितविहिन हुने एक्लो टोली बनेको छ।