बिरामी बोक्ने एम्बुलेन्समा लागू औषध तस्करी, ३ हजार एम्पुलसहित चालक पक्राउ

काठमाडौं । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशीबाट प्रहरीले ठूलो मात्रामा लागू औषधसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ६ हरिपुर निवासी ४४ वर्षीय सुरेश मिझार छन्। यही मंसिर २० गते महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाडौँ आउँदै…

बिरामी बोक्ने एम्बुलेन्समा लागू औषध तस्करी, ३ हजार एम्पुलसहित चालक पक्राउ

काठमाडौं । बीपी राजमार्गमा पर्ने काभ्रेको रोशीबाट प्रहरीले ठूलो मात्रामा लागू औषधसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ६ हरिपुर निवासी ४४ वर्षीय सुरेश मिझार छन्।

यही मंसिर २० गते महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा ज १ च १९०८ नम्बरको एम्बुलेन्ससहित त्यसका चालक मिझारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

उनलाई रोशी गाउँपालिका ९ स्थित सडकबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

सुनौलो सुनौल २ महोत्तरीद्वारा सञ्चालित उक्त एम्बुलेन्सलाई जाँच गर्ने क्रममा चालककको सिट पछाडि राखिएको जेब्रा झोलाबाट विभिन्न प्रकारका तीन हजार एम्पुल लागु औषध बरामद गरिएको घलेले बताए।

उनलाई शुक्रबार जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।