काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । एनपीएलमा शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
जारी एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । यो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुई खेलमा पराजित हुँदा एक खेल जितेको छ । जारी एनपीएलमा तीन खेल खेलेको विराटनगर किंग्सले पनि यसअघि दुई खेलमा हार र एक खेल जितेको छ ।

