आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिम…

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो । पोखराले पहिलो जितमा एनपीएलमा चार कीर्तिमान पनि बनायो ।

जसमा गौसको पहिलो शतक समेत रह्यो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा गर्‍यो ।