पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागसहित बाँकी तराईका भूभाग तथा उप…

पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागसहित बाँकी तराईका भूभाग तथा उपत्यकाहरुका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ।

आज दिउँसो पनि कोसी र गण्डकी प्रदेशसहित बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।