आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज तोलाको एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाएक सय रुपैयाँ बढेर एक लाख ५० हजार चारसय रुपैयाँ पुगेको थियो। अघिल्…

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाएक सय रुपैयाँ बढेर एक लाख ५० हजार चारसय रुपैयाँ पुगेको थियो।

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार ८ सय ६५ रुपैयाँ थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको हो।