काठमाडौं । नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष प्रचण्ड निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए ।
उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको समेत बताए । सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।
उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने बताए ।

