फाइल तस्बिर
काठमाडौं । गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनमा परेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिए।
चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको उनले बताए।
जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ। उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन्।

