काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।
प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो । काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठले पराजित भएको थियो ।

