कीर्तिपुरमा कांग्रेसको अग्रता : कसको मत कति ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ३३८५ मत प्राप्त गरेका छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन् ।…

कीर्तिपुरमा कांग्रेसको अग्रता : कसको मत कति ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ३३८५ मत प्राप्त गरेका छन्।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन् । उनले २७२६ मत प्राप्त गरेका छन्। उनीहरुबीच ६५९ मतान्तर रहेको छ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले २३१७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १२०७ मत प्राप्त गरेका छन् ।