कांग्रेसको सिट खोस्दै ग्रामथानको अध्यक्षमा माओवादीको जित

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्। उपनिर्वाचनमा उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यहाँ कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मतमात्रै ल्याए। नेकपा…

कांग्रेसको सिट खोस्दै ग्रामथानको अध्यक्षमा माओवादीको जित

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्।

उपनिर्वाचनमा उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

यहाँ कांग्रेस उम्मेदवार बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मतमात्रै ल्याए। नेकपा (एमाले) का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए।

२०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो।