काठमाडौं । जाजरकोटको नालगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । ४२७२ मत सहित उनी उपमेयर पदमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।
उनको प्रतिद्धन्दी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३१४७ मत प्राप्त गरिन् । यस्तै नेकपा एमालेले सुनिता बोहराले २ हजार ५ सय ४२ मत प्राप्त गरिन् । नालगाडमा यसअघि नेपाली कांग्रेसले उपमेयर जितेकाे थियाे ।

