कीर्तिपुरमा १० बजेबाट मतगणना गर्ने सर्वदलीय बैठककाे निर्णय

काठमाडौं । स्थानीय तह अन्तर्गत कीर्तिपुर नगरपालिकामा आइतबार रातीदेखि मतगणना गर्ने सर्वदीय बैठकले सहमति गरेको छ। मतगणना राति १० बजेबाट थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन। जसअनुसार सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ। वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको ग…

कीर्तिपुरमा १० बजेबाट मतगणना गर्ने सर्वदलीय बैठककाे निर्णय

काठमाडौं । स्थानीय तह अन्तर्गत कीर्तिपुर नगरपालिकामा आइतबार रातीदेखि मतगणना गर्ने सर्वदीय बैठकले सहमति गरेको छ।

मतगणना राति १० बजेबाट थालिने निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन। जसअनुसार सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ।

वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ। मेयरमा जस्तै १ नम्बर र ४ नम्बर वडाका वडाध्यक्षको निधन भएपछि उपचुनाव भएको हो। दुईवटा वडाको मतगणना सकेपछि क्रमशः २, ३, ५, ७, ८, ९ र १० को गणनाा गरिनेछ।

कीर्तिपुर नगरपालिका प्रमुख पदका लागि नेकपा एमालेका डा। सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा डा शिवशरण महर्जनसहित ८ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार छन्।

कीर्तिपुर नगरपालिकामा १० वटा वडा छन्। कार्कीका अनुसार २१ हजार ३ सय ६२ मत खसेको छ। सो पालिकामा ३१११२ मतदाता थिए।