क्रसर उद्योगहरु खोल्न दिने सरकारको निर्णय

गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

क्रसर उद्योगहरु खोल्न दिने सरकारको निर्णय
काठमाडौं । सरकारले क्रसर उद्योगहरु खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर खोल्न दबाब परेको थियो । यसअघि पनि सरकारले झ्याप्पै क्रसर बन्द गर्ने र अपरादर्शी रुपमा खोल्ने गर्दै आएको थियो ।