दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका हुन् । प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेर गैरकानुनी रूपमा थुनामा र…

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका हुन् । प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेर गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो।

प्रसाईंको आजै बयान गराइने छ। उनको लिखित जवाफ आज पेश भए आजै सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन पुनः पेस गर्नु पर्नेछ।