कीर्तिपुरको त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला परेका छन्। पहिचान नखुलेका एक पुरुष आइतबार मृत भेटिएका हुन्। अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ। यता कालिमाटी…

कीर्तिपुरको त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला परेका छन्।

पहिचान नखुलेका एक पुरुष आइतबार मृत भेटिएका हुन्। अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।

यता कालिमाटीमा मध्यराति एक महिलाको शव बोकेर फालेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।