रोशन थापा, बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाले स्वर्गीय निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ । गत माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी लोक दोहरी गायिका छन्त्यालको परिवारलाई गाउँपालिकाले शोकसभासहित पचाँस हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
मंगलबार पुण्य तिथिको अवसरमा स्वर्गीय छन्त्यालको घरमा पुगेर गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीलगायतको उपस्थितिमा शोक सभासहित स्वर्गीय छन्त्यालको आत्माको चिर शान्तिकोे कामना गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरिएको थियो ।
गाउँपालिका अध्यक्ष अधिकारीले बोल्दै आफ्नै पालिकाको चेली, चर्चित कलाकार निरा छन्त्यालको असमाहिक निधनले सिंगो बडिगाड गाउँपालिकालाई स्तव्ध बनाएको बताइन् ।
बडिगाड गाउँपालिकाद्वारा स्वर्गीय छन्त्यालको परिवारलाई आर्थिक सहयोग
गाउँपालिका अध्यक्ष अधिकारीले बोल्दै आफ्नै पालिकाकोे चेली, चर्चित कलाकार निरा छन्त्यालको असमाहिक निधनले सिंगो बडिगाड गाउँपालिकालाई स्तव्ध बनाएको बताइन् ।

