माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ। सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जानकारी दिइन्। बैठकमा विशेषगरी स्थानीय तह उपनिर्वाचनबारे छलफल र निर्णय हुने भूसालले बताइन्। त्यसका अतिरिक्त…

माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ।

सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भूसालले जानकारी दिइन्।

बैठकमा विशेषगरी स्थानीय तह उपनिर्वाचनबारे छलफल र निर्णय हुने भूसालले बताइन्। त्यसका अतिरिक्त केन्द्रीय समिति बैठक तथा स्थगित भएको विद्यार्थी सम्मेलन र समसामयिक राजनीतिक परिवेशमा पनि छलफल हुने भूसालले बताइन्।