प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्नेछ । पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने प्रस्तावबारे बैठकमा छलफल हुनेछ । ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न सभामुख देवराज घिमिरेले सु…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्नेछ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने प्रस्तावबारे बैठकमा छलफल हुनेछ ।

ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न सभामुख देवराज घिमिरेले सुझाव दिएका छन् । यसबारे बैठकमा छलफल हुन लागेको हो । ८३ वर्षको उमेरमा आइतबार ढुंगानाको निधन भएको थियो ।