कीर्तिपुरको मेयरमा २० जनाले दिए उम्मेदवारी (सूचीसहित)

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २० जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। यहाँ नेपाली कांग्रेसले कृष्णमान डंगोल, ने…

कीर्तिपुरको मेयरमा २० जनाले दिए उम्मेदवारी (सूचीसहित)

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्।

आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २० जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्।

यहाँ नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रले डा. शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जन, जसपा नेपालले दिपक महर्जन (हनी) लाई उम्मेदवार बनाएको छ। यस्तै सरसफाइ अभियन्ता राजमान महर्जनले पनि उम्मेदवारी दिएका छन‍्।

यही नगरपालिकाको वटा नम्बर १ र वडा नम्बर ४ मा पनि उपनिर्वाचन हुँदैछ।

वडा नम्बर १ मा जम्मा ९ जनाले उम्मेदवारी दिएका छन्। वडा नम्बर ४ मा भने १३ जनाको उम्मेदवारी दर्ता भएको हो। यो पालिकाको तीन वटासहित ४४ स्थानमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ।