गण्डकीमा सुनिता थापा सांसद बन्ने

काठमाडौं । स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेशसभाको सांसद बन्ने भएकी छन् । प्रदेश सभा सदस्य विमला गौचनको केही दिनअघि मृत्यु भएपछि रिक्त स्थानमा उनी सांसद बन्ने भएकी हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी जनजाति थापाको नाम पाँचौ नम्बरमा…

गण्डकीमा सुनिता थापा सांसद बन्ने

काठमाडौं । स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेशसभाको सांसद बन्ने भएकी छन् । प्रदेश सभा सदस्य विमला गौचनको केही दिनअघि मृत्यु भएपछि रिक्त स्थानमा उनी सांसद बन्ने भएकी हुन् ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी जनजाति थापाको नाम पाँचौ नम्बरमा रहेको छ ।

आदिवासीरजनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार सामानुपातिक सांसद बनेर प्रदेश सभा छिरेका थिए ।

गौचनको निधन भएसँगै क्रमसंख्याअनुसार स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाउने प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसअघि कांग्रेसले सिफारिस गरेर आयोगले अनुमोदन गर्नुपर्नेछ ।