कीर्तिपुर र काठमाडौं–१६ : माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदमा एकार्कालाई सघाउने भएका छन् । यी दुई पार्टीका नेताहरूबीचको शनिबारको बैठकबाट चुनावी तालमेलको सहमति गरिएको हो । कीर्तिपुरको मेयर पदमा नेकपा (माओवादी…

कीर्तिपुर र काठमाडौं–१६ : माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष पदमा एकार्कालाई सघाउने भएका छन् । यी दुई पार्टीका नेताहरूबीचको शनिबारको बैठकबाट चुनावी तालमेलको सहमति गरिएको हो ।

कीर्तिपुरको मेयर पदमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उमेदवार बन्ने प्रा. डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्ने सहमति छ ।

यस्तै, काठमाडौं–१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बन्ने मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।