'पूर्णबहादुरको सारंगी'की अभिनेत्री अञ्जना बराइली चलचित्र 'डाेरी'मा अनुबन्ध

काठमाडौं । अञ्जना बराइली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि अत्यधिक चर्चा कमाएकी भाग्यमानी अभिनेत्री हुन्। बक्स अफिसमा दुर्लभ कीर्तिमान बनाएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट चर्चा चुलिए पनि बराइलीले यसअघि हिट फिल्मको स्वाद चाखिसकेकी थिइन्। पहिलो ‘महापुरुष’ र त्यसपछि ‘पुजार सार…

'पूर्णबहादुरको सारंगी'की अभिनेत्री अञ्जना बराइली चलचित्र 'डाेरी'मा अनुबन्ध

काठमाडौं । अञ्जना बराइली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि अत्यधिक चर्चा कमाएकी भाग्यमानी अभिनेत्री हुन्।

बक्स अफिसमा दुर्लभ कीर्तिमान बनाएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट चर्चा चुलिए पनि बराइलीले यसअघि हिट फिल्मको स्वाद चाखिसकेकी थिइन्। पहिलो ‘महापुरुष’ र त्यसपछि ‘पुजार सार्की’मा समेत अभिनय गरेकी बराइलीको पछिल्लो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले भने धमकै मच्चाइदियो।

गत कात्तिक १५ गतेबाट हलहरूमा लागेको यो चलचित्रले अहिले पनि बक्सअफिसमा हाउसफुल व्यापार गरिरहेकै छ।

यसैबीच बराइलीको यतिबेला सामाजिक सञ्जालमा फ्यान फलोअर्स मात्रै बढेका छैनन् नयाँ चलचित्रमा धमाधम हस्ताक्षर गर्ने क्रम पनि अघि बढेको छ।

बराइली नयाँ बन्ने चलचित्र ‘डोरी’ मा अनुबन्ध भएकी छिन्। अरुण लामाको निर्देशनमा बन्न लागेको यस चलचित्रको पोस्टर सार्वजनिक गर्दै अभिनेत्री बराइलीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएकी हुन्।

उनी लगातार हिट फिल्म दिइरहेकी बराइलीलाई चलचित्रमा बराइलीलाई समावेश गर्न पाउँदा उत्साहित बनेको निर्माण पक्षले बताएको छ।

पारिवारमा पर्ने आर्थिक बोझ, त्यसबाट हुने निर्णय र त्यसपछि फसेको युवाको वरिपरि रहेर बन्न लागेको यस चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई लगायत प्रवेश गरिसकेका छन्।

चलचित्र आगामी मंसिर दोस्रो साताबाट छायाकंनमा निस्कने बताइएको छ।