कीर्तिपुरमा खुल्यो चिया सागर, २० प्रतिशत छुटमा जहाँ पाइन्छ ५५ प्रकारका चिया

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्जपछि किर्तिपुरमा नयाँ व्यवस्थापनसहित चिया सागर खुलेको छ । चियाका पारखीलाई मध्यनजर गर्दै ५५ प्रकारका चियासहित शनिबार नयाँ शाखा किर्तिपुरकाे नयाँ बजारमा शुभारम्भ गरिएको छ । चिया सागरमा विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घर…

कीर्तिपुरमा खुल्यो चिया सागर, २० प्रतिशत छुटमा जहाँ पाइन्छ ५५ प्रकारका चिया

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्जपछि किर्तिपुरमा नयाँ व्यवस्थापनसहित चिया सागर खुलेको छ । चियाका पारखीलाई मध्यनजर गर्दै ५५ प्रकारका चियासहित शनिबार नयाँ शाखा किर्तिपुरकाे नयाँ बजारमा शुभारम्भ गरिएको छ । चिया सागरमा विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट् टी उपलब्ध छन् ।

'अन्य क्याफे र रेस्टुराँ भन्दा चिया सागरको मेनु फरक छ,' सञ्चालक मध्येका एक केशव शर्माले भने, ‘हामीले उपभोक्तालाई फरक स्वाद चखाउँछौं।’

चियाका पारखीहरुलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ५० देखि १ सय ६० रूपैंयाँसम्मका आइटम उपलब्ध छन्। शुभारम्भको समय भएकाले अहिले चियामा २० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक शर्माले जानकारी दिए । सिंगो पट् अर्डर गर्नु परेमा २ सय देखि ३ सय ५० रूपैंयाँ मूल्य तोकिएको छ। चिया, कफी बाहेक बेकरी र स्यान्डवीच पनि मेनुमा उपलब्ध छन्।

चिया सागर प्रालिले राजधानीको बानेश्वर, महारागञ्जपछि किर्तिपुरमा ब्रान्च बिस्तार गरेको हो । अब पोखरासहितका शहरमा ब्रान्च विस्तार गर्ने तयारी सञ्चालक शर्माले बताए । केशब शर्मा, नविन शर्मा र प्रकाश पौडेलसहित तीन जना सञ्चालक छन्। शनिबार हास्य कलाकार मरिचमान श्रेष्ठ, 'बल्छी धुर्बे'ले चियासागरको शुभारम्भ गरेका हुन् ।