काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ।
गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।


