मंसिरको नयाँ ब्याजदर सार्वजनिक : कुन बैंकको कति ?

काठमाडौं । मंसिर महिनाका लागि ८ वटा वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर स्थिर राखेका छन् ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एउटाले बढाउँदा ८ वटाले यथावत राखेका हुन् । हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैं…

मंसिरको नयाँ ब्याजदर सार्वजनिक : कुन बैंकको कति ?

काठमाडौं । मंसिर महिनाका लागि ८ वटा वाणिज्य बैंकले निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर स्थिर राखेका छन् ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एउटाले बढाउँदा ८ वटाले यथावत राखेका हुन् ।

हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर घटबढ नगरेका हुन् ।

मंसिरका लागि राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकको भन्दा ब्याजदर बढाएको हो । अरु बैंकले ब्याजदर घटाएका छन् ।

यसरी व्यक्तिगत निक्षेपमा बैंकहरुले दिने अधिकतम ब्याजदरको औसत ५.९७ प्रतिशत कायम भएको छ । यो औसत कात्तिकको औसतभन्दा ०.२१७ प्रतिशत बिन्दु कम हो ।

मंसिरका लागि हिमालयन बैंकले निक्षेपमा अधिकतम वार्षिक ६.२५ प्रतिशत ब्याज दिनेछ भने एभरेष्टले ६, प्रभुले ६.१, नेपालले ५.९५, सिद्धार्थले ६, नेपाल एसबीआईले ६, सानिमाले ६.१५ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत यथावत राखेका हुन् । राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो दर ५.८ प्रतिशतबाट बढाएर ६ प्रतिशत बनाएको हो ।

नयाँ ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बनेको छ । एनआईसीले अधिकतम ६.७९ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम दिने बैंक भने लक्ष्मी सनराइन हो ।

मुद्दती निक्षेपमा बैंकहरुले तोकेको ब्याजदर

बैंककात्तिकको ब्याजदर %मंसिरको ब्याजदर % कृषि विकास५.७५५.५३राष्ट्रिय वाणिज्य५.८नेपाल एसबीआईलक्ष्मी सनराइज५.५ग्लोबल आईएमई६.२५५.७५कुमारी६.०१५.७१प्राइम कमर्सियल५.७५नेपाल५.९५५.९५सानिमा६.१५६.१५सिटिजन्स५.७५५.६५नबिल६.२५५.७५इन्भेस्टमेन्ट मेगा६.५६.५सिद्धार्थस्टान्डर्ड चार्टर्ड६.५६.२५माछापुच्छ्रेप्रभु६.१६.१एनएमबी६.५५.५७एनआईसी एसिया६.९९६.७९हिमालयन६.२५६.२५एभरेस्ट