दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुनमा आज बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान करिब चारबजे शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार…

दार्चुलामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुनमा आज बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान करिब चारबजे शैल्यशिखर नगरपालिका-६ मा ​दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घटनास्थल सदरमुकाम खलंगाबाट झण्डै ४० किलोमिटर टाढा पर्छ। अहिले पनि मृतकको शव घटनास्थलमै छ।

अहिलेसम्म मृतक कसैको पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि गोकुले अस्पताल पठाइएको छ। दुर्घटनास्थलमा दार्चुलाका डीएसपीको नेतृत्वमा प्रहरी टोली जाँदै छ।