काठमाडौं । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा-२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ ।
उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । नगकोटी कागेश्वरी मनोहरा-२ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउँको पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।
दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । हाल उनी प्रहरी वृत्त बौद्धको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

