एउटै रुखमा २५ वर्षीय युवासहित किशोरी झुण्डिएको अवस्थामा फेला

यसअघि कचनकवल–५ स्थित सुनकोशी चिया बगानमा गत साउनमा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरी फेला परेका थिए । प्रहरीले उनीहरूले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

एउटै रुखमा २५ वर्षीय युवासहित किशोरी झुण्डिएको अवस्थामा फेला
झापा । कचनकवलमा एउटै रुखमा दुई जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कचनवकल–४ स्थित एभरेष्ट चिया बगानमा दुई जनाको शव एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश र सोही ठाउँकी १८ वर्षीया पवित्रा राजवंशी एउटै रुखमा मंगलबार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कर्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । यसअघि कचनकवल–५ स्थित सुनकोशी चिया बगानमा गत साउनमा एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरी फेला परेका थिए । प्रहरीले उनीहरूले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।