बयानपछि रविले भने– खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालयमा रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा रविले समर्थकहरूलाई हेरेर भने– 'खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ।' बयान दिएर निस्किने क…

बयानपछि रविले भने– खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन् ।

मंगलबार सरकारी वकिलको कार्यालयमा रूपन्देहीमा बयान दिइसकेपछि बाहिरिने क्रममा रविले समर्थकहरूलाई हेरेर भने– 'खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ।'

बयान दिएर निस्किने क्रममा उनी आत्मविश्वासी देखिन्थे । उनलाई प्रहरीको एक समूहलाई लग्दै थियो । त्यसक्रममा एकछिन रोकिएर रविले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका हुन् ।

कात्तिक २ गते पक्राउ परेका रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका रविलाई मंगलबार बिहान विमानमार्फत रूपन्देही लगिएको हो ।

पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई रूपन्देही लगिएको हो ।