माओवादी पदाधिकारी बैठकले गर्‍याे यी तीन निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ। सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचन र पार्टीको आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै…

माओवादी पदाधिकारी बैठकले गर्‍याे यी तीन निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले तीन वटा निर्णय गरेको छ।

सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचन र पार्टीको आगामी कार्यक्रमसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

बैठकको निर्णय सुनाउँदै उपाध्यक्षसमेत रहेका अग्निप्रसाद सापकोटाले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय भएको बताए।

उनले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रमहरू बनाइएको पनि बताए। बैठकले मंसिर मसान्तसम्म सबै पालिकाको सम्मेलन गर्ने निर्णय पनि गरेको छ।

सरकारले आम नागरिकको पक्षमा काम नगरेको भन्दै माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको थियो। माओवादी केन्द्रले सबै पालिकाहरूबाट पनि खबरदारी गर्ने भनेको थियो। सोमबारको बैठकले पालिका सम्मेलन र खबरदारी सभा एकैपटक मंसिर मसान्तसम्म गर्ने निर्णय गरेको छ।

'खबरदारी कार्यक्रममलाई अझै बृहत् र प्रभावकारी बनाउने गरी नेता कार्यकर्ता परिचालन गर्नेछौं,' प्रवक्ता सापकोटाले भने। बैठकले पुस २ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय पनि गरेको छ।