बागलुङमा जिप दुर्घटना (अपडेट) : चालकसहित पाँच जनाको मृत्यु (नामसहित)

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ नम्बरको पिकअप जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहर…

बागलुङमा जिप दुर्घटना (अपडेट) : चालकसहित पाँच जनाको मृत्यु (नामसहित)

काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ नम्बरको पिकअप जिप दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले न्यूज खरीलाई जानकारी दिए ।

दुर्घटना दुई महिला र तीन जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक यादवका अनुसार जैमिनी नगरपालिका-८ वर्ष ४५ का गंगाबहादुर श्रीष घाइते भएका छन् । उनकाे धाैलागिरि अस्पताल बागलुङमा उपचार भइरहेकाे छ ।

मृतकहरू
१. जिप चालक जिल्ला बागलुङ जैमिनी नपा-८ केवई बस्ने वर्ष ३८ को महेन्द्र पुन ।
२. ऐ बस्ने बर्ष २० की रश्मी श्रीष
३. ऐ बस्ने बर्ष ५० की नन्दकली पुन
४. ऐ बस्ने बर्ष १७ को निरज श्रीष
५. ऐ बस्ने बर्ष ७५ को कुल प्रसाद श्रीष
घाइते
१. जिल्ला बागलुङ जैमिनी नपा-८ केवई बस्ने बर्ष ४५ को गंगा बहादुर श्रीष (शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम)