बागलुङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बागलुङको जैमिनीमा सोमबार बिहान जिप दुर्घटना भएको छ । ग २ च ९२४७ नम्बरको पिकअप जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले न्यूज खरीलाई जानकारी दिए । जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पिकअप…

बागलुङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बागलुङको जैमिनीमा सोमबार बिहान जिप दुर्घटना भएको छ । ग २ च ९२४७ नम्बरको पिकअप जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले न्यूज खरीलाई जानकारी दिए ।

जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पिकअप जिप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको उनकाे भनाइ छ । दुर्घटना एक जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।