रवि लामिछानेलाई लगियो अदालत

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। सभापति लामिछानेलाई आइतबार कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। कात्तिक २ गते केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगेपछि उनलाई चौथ…

रवि लामिछानेलाई लगियो अदालत

काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ।

सभापति लामिछानेलाई आइतबार कास्की जिल्ला अदालत उपस्थित गराइएको हो।

कात्तिक २ गते केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा लगेपछि उनलाई चौथो पटक अदालतमा उपस्थित गराइएको छ। पटक(पटक म्याद थप गरेर लामिछानेमाथि अनुसन्धान गरिएको छ।

सुर्यदर्शन सहकारीको बचत लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले उनीसहित गोर्खा मिडियाका पदाधिकारीहरूलाई कारबाही सिफारिस गरेको थियो।

सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाले सडक आन्दोलन गरिरहेको छ। रास्वपाले दोस्रो चरणको आन्दोलन पनि घोषणा गरेको छ। राजनीतिक प्रतिशोधका कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप रास्वपाको छ।