सुनको भाउ आज पनि घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्…

सुनको भाउ आज पनि घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ५ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।