ढोरपाटनमा भिरबाट खस्यो जिप, चालकको मृत्यु

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका-३ बान्द्रे भिरबाट जिप खसेको छ । शुक्रबार साँझ स्थानीयको धान लिएर पुर्कोट तर्फ जाँदै गरेको लु १ च ७९३८ नम्बरको भिरबाट खसेको प्रहरीले जनाएको छ । जिप भिरबाट खसेर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका -३ पुर्कोट निवासी ३७ वर्षीय किसान विकको मृत्यु भए…

ढोरपाटनमा भिरबाट खस्यो जिप, चालकको मृत्यु

बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका-३ बान्द्रे भिरबाट जिप खसेको छ । शुक्रबार साँझ स्थानीयको धान लिएर पुर्कोट तर्फ जाँदै गरेको लु १ च ७९३८ नम्बरको भिरबाट खसेको प्रहरीले जनाएको छ ।

जिप भिरबाट खसेर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका -३ पुर्कोट निवासी ३७ वर्षीय किसान विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।