काठमाडौं । टोयोटाको आधिकारिक बिक्रीता युनाइटेड ट्रेडर्स सिन्डिकेटले हाइलक्स डबल क्याब १२६ आर मोडलको मूल्य साढे ८ लाख बढाएको छ।
कम्पनीले सोमबार अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गर्दै यसको मूल्य १ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।
यसअघि गत मंसिर सात गते सार्वजनिक भएको उक्त खुद्रा बिक्री मूल्यमा यसको १ करोड १८ लाख ५० हजार रुपैयाँ तोकिएको थियो। कम्पनीले एक महिनाको अन्तरालमा ८ लाख ५० हजार रुपैयाँ मूल्यवृद्धि गरेको छ।
कम्पनीले गत साउन ९ गते सार्वजनिक गरेको खुद्रा बिक्री मूल्य अनुसार त्यो समय यो गाडीको मूल्य १ करोड १६ लाख ५० हजार रुपैयाँ तोकिएको थियो।
उक्त समय पनि मंसिरमा अर्को मूल्य सार्वजनिक गर्दै २ लाख रुपैयाँ बढाएको थियो। साउनदेखि यता कम्पनीले यो गाडीको मूल्य १० लाख ५० हजार रुपैयाँ बढाएकको छ।
टोयोटा हाइलक्सको मूल्य एक महिनामै साढे ८ लाख बढ्यो
टोयोटाको आधिकारिक बिक्रीता युनाइटेड ट्रेडर्स सिन्डिकेटले हाइलक्स डबल क्याब १२६ आर मोडलको मूल्य साढे ८ लाख बढाएको छ।

