धरान । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घरमाथि धरान उपमहानगरले डोजर चलाएको छ ।
आइतबार अतिक्रमण गरि बनाइएका संरचनामाथि उपमहानगरपालिकाले डोजर चलाउँदा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडप भएको छ । यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए ।
धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन् । सोही घर उपमहानगरले भत्काएको हो।
उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ । तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ।
उनीहरुले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए।
अतिक्रमित संरचनामा धरान उपमहानगरले चलायो डोजर, स्थानीय र प्रहरीबीच झडप
धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन् । सोही घर उपमहानगरले भत्काएको हो।