सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ। आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो। यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थ…

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ।

आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो। यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ।