प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदक…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा स्थगित भएको थियो ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ ।