६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित)

बैंकहरुको नाफा रकम बढेको देखिए पनि सेयरमा प्रतिफल (रिटर्न अन इक्वीटी) भने बढ्न सकेको छैन । यसको अर्थ बैंकहरुको प्रतिफल लगानीकर्ताका लागि अझै न्यून छ ।

६ महिनामा कुन बैंकले कति नाफा कमाए ? (सूचीसहित)
काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (६ महिना) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी २० बैंकले कुल ३० अर्ब १३ करोड ४९ लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११. ८८ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा यी २० बैंकले कुल २६ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ कमाएका थिए । बैंकहरुको नाफा रकम बढेको देखिए पनि सेयरमा प्रतिफल (रिटर्न अन इक्वीटी) भने बढ्न सकेको छैन । यसको अर्थ बैंकहरुको प्रतिफल लगानीकर्ताका लागि अझै न्यून छ । यो अवधिमा नाफाका आधारमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनएमबी बैंक क्रमशः अगाडि छन् । नाफा वृद्धिदरका आधारमा एभरेस्ट बैंक सबैभन्दा अगाडि छ । सो बैंकको नाफा एक वर्षको अवधिमा ८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंक भने १२ करोड ८९ लाख नोक्सानमा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले कुल १ अर्ब ४२ करोड नाफा कमाएको थियो । बैंकको ठूलो कर्जा रकम समयमै उठ्न नसक्दा सोको प्रोभिजनबापत छुट्याउनुपर्ने रकम हृवात्तै बढेपछि बैंक नोक्सानीमा गएको देखिन्छ ।

बैंकहरूको नाफाको सूची

बैंक नाफा २०७८ पुस नाफा २०७९ पुस नबिल ३ अर्ब ४१ करोड ७६ लाख २ अर्ब १८ करोड १४ लाख एनआईसी एसिया ३ अर्ब २७ करोड ३३ लाख २ अर्ब ४० करोड २० लाख ग्लोबल आईएमई २ अर्ब ७८ करोड ११ लाख २ अर्ब ६६ करोड ३३ लाख राष्ट्रिय वाणिज्य २ अर्ब ७१ करोड १८ लाख १ अर्ब ७७ करोड ३८ लाख एनएमबी १ अर्ब ९० करोड ११ लाख १ अर्ब ७१ करोड १५ लाख स्टान्डर्ड चार्टड १ अर्ब ७५ करोड ३६ लाख १ अर्ब ८ करोड ६७ लाख प्राइम १ अर्ब ६५ करोड २० लाख १ अर्ब ६७ करोड ८५ लाख एभरेस्ट १ अर्ब ५८ करोड ८० लाख ८३ करोड ८९ लाख सानिमा १ अर्ब २८ करोड ५३ लाख १ अर्ब ७ करोड ७० लाख प्रभु १ अर्ब १९ करोड ९९ लाख १ अर्ब २६ करोड २० लाख एसबीआई १ अर्ब १७ करोड ७१ लाख ७८ करोड २७ लाख नेपाल बैंक १ अर्ब १७ करोड ६ लाख १ अर्ब ४१ करोड ७० लाख सिद्धार्थ १ अर्ब १६ करोड ११ लाख १ अर्ब ५७ करोड ७३ लाख लक्ष्मी १ अर्ब ७ करोड ७१ लाख ८१ करोड माछापुच्छ्रे १ अर्ब २ करोड ५२ लाख १ अर्ब १ करोड ८ लाख हिमालयन ९५ करोड ४७ लाख ७४ करोड ३४ लाख सिटिजन्स ८४ करोड १३ लाख १ अर्ब २३ करोड ९३ लाख सनराइज ६५ करोड ३९ लाख ७४ करोड ५५ लाख सिभिल ६३ करोड ७० लाख ५० करोड ४० लाख कृषि विकास – १२ करोड ८९ लाख १ अर्ब ४२ करोड २५ लाख