दोस्रो हाफको सुरुवातमै रेखा पौडेललाई रातो कार्ड

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत भारतसँगको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी छन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी छन् । दोस्रो हाफको सुरुवातमै उनले रातो कार्ड पाएकी हुन् । रेफ्रीले रेखालाई रातो कार्ड द…

दोस्रो हाफको सुरुवातमै रेखा पौडेललाई रातो कार्ड

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ को दोस्रो सेमिफाइनलअन्तर्गत भारतसँगको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी छन् । दोस्रो हाफको सुरुवातमै उनले रातो कार्ड पाएकी हुन् ।

रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो ।