सोल्टी होटलमा प्रहरीले मार्यो छापा

काठमाडौं । सोल्टी होटलमा प्रहरीले छापा मारेको छ । काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि गैरकानुनी रूपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको प्रहरी वृत गौशालाका डीएसपी अनिल घिमिरेको टोली छापा मारेको हो । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरक…

सोल्टी होटलमा प्रहरीले मार्यो छापा
काठमाडौं ।  सोल्टी होटलमा प्रहरीले छापा मारेको छ । काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि गैरकानुनी रूपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको प्रहरी वृत गौशालाका डीएसपी अनिल घिमिरेको टोली छापा मारेको हो । विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा शो चलिरहेको थियो। सोल्टी होटलमा दुवैको द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा शो सञ्चालन गरिरहेको थियो । आज २२ जनवरीसम्म मात्रै चल्ने शोमा प्रहरीले आज छापा मारेको हो । प्रहरीले त्यहाँको घर जग्गा किन्ने सम्बन्धमा कार्यक्रम गरेपछि पाँच जनाको राहदानी जफत गरेको हो । राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता सूचना जारी गरेको थियो । आज राहदानी जफत गरिएकामा दुबई बस्दै आएका भारतीयहरु रहेको प्रहरीले जनाएको छ । आयोजक संस्था डामाक प्रोप्राइटिज, दुबईको तर्फबाट सहभागी भएका पाँच जनामध्ये चार जना पुरुष र एक जना महिला छन् ।