१७ जिल्लाका सीडीओसहित २७ जना कर्मचारीको सरुवा, को -कहाँ ?

काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । भक्तपुर र ललितपुरसहित १७ जना सीडीओ सरुवा भएको हो । त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको हो। भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेक…

१७ जिल्लाका सीडीओसहित २७ जना कर्मचारीको सरुवा, को -कहाँ ?

काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । भक्तपुर र ललितपुरसहित १७ जना सीडीओ सरुवा भएको हो ।

त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको हो।

भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ।