रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ । अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो । प्रहरीले ल…

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिएको छ ।

अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो । प्रहरीले लगाएको आरोपमा थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलको ठहरपछि रविलाई म्याद थपका लागि लगिएको हो ।

रवि गत शुक्रबार पक्राउ परेका थिए । पक्राउ परेका रविलाई अनुसन्धानका लागि पोखरा लगिएको थियो ।