वासिङटन । अमेरिकाको क्यालिफोर्नियामा एक डान्स स्टुडियोमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । मोन्टेरी पार्क सहरस्थित एउटा डान्स स्टुडियोमा भएको गोलीकाण्डमा १० जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अन्य १० जना घाइते भएका छन् । आक्रमणकारी अझै फरार छन् ।
स्थानीय समय अनुसार शनिबार बिहान १० बजेर २० मिनेट जाँदा यो घटना घटेको हो । मोन्टेरी पार्क चान्द्रिक नयाँ वर्ष महोत्सव मनाउने उद्देश्यले यस सहरमा हजारौँ मानिस जम्मा भएका थिए ।
लस एन्जेल्स प्रहरी विभागले आफूहरूले घटनास्थलबाट भागेका आशंकित एक पुरुषको खोजी गरिरहेको जनाएको छ । क्याप्टेन एन्ड्रयु मियरका अनुसार तत्काल घटनास्थल पुगेको आपतकाल सेवा टोलीले १० जनाको मृत्यु भएको पुष्टि गरेको तथा स्थानीय अस्पतालहरूमा उपचार भइरहेका अन्य १० जना घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जानकारी दिएका छन् ।
अनुसन्धानकर्ताहरूले आक्रमण गरिनुको उद्देश्य स्पष्ट नभएको र अहिदे नै यो घृणाको कारण भएको हमला भन्न सकिने स्थिति नरहेको बताएका छन् । यस गोलीकाण्डको कारण आइतबार आयोजना हुन गइरहेको नयाँ वर्षको महोत्सव रद्द गरिएको छ ।
क्यालिफोर्नियाको एक डान्स स्टुडियोमा गोली चल्दा १० जनाको मृत्यु
स्थानीय समय अनुसार शनिबार बिहान १० बजेर २० मिनेट जाँदा यो घटना घटेको हो । मोन्टेरी पार्क चान्द्रिक नयाँ वर्ष महोत्सव मनाउने उद्देश्यले यस सहरमा हजारौँ मानिस जम्मा भएका थिए ।

